जेष्ठ ४, २०८२ शनिबार

उद्धार, राहत र पुनःस्थापनामा जुट्न राईको आग्रह

विराटनगर, १३ असोज – कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेश कमिटी इन्चार्जसमेत रहनुभएका राईले प्रदेशका सबै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आह्वान गर्नुभएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै उहाँले प्रदेशका विभित्र स्थानमा भएको जनधनको क्षतिले आफूलाई दःुखी तुल्याएको उल्लेख गर्दै घाइतेको उपचार र बेपत्ताको तीव्र खोजी गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “घाइतेको उद्धार, उपचार, बेपत्ताको खोजी तथा मृतकका परिवारलाई राहत एवं पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।”

प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]