जेष्ठ ४, २०८२ शनिबार

कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ ।

यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । यसअघि जलसतह बढेर पुल माथि नै आएपछि सवारी आवागमन बन्द गरिएको थियो ।

आइतबार साँझ सप्तकोशीको जलसतह ३ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड भन्दा तल झरेको केन्द्रले जानकारी दिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ  ।

यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]