बैशाख २५, २०८२ बिहीबार

कर छलेर ल्याइएका सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिनुभयो । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो

प्रकाशित मिति : आश्विन ३०, २०८१ बुधबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]