बैशाख २४, २०८२ बुधबार

‘मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्नु’

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए ।

गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् । भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन् ।

तर अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]