बैशाख २४, २०८२ बुधबार

बुद्धशान्ति – २ का वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा पास तथा लेनदेन सिपारिशसम्बन्धी कामका लागि सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको ठहरिएपछि वडाध्यक्ष ओलीविरुद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ओलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]