बैशाख २४, २०८२ बुधबार

काँकडभिट्टामा अवैध २७८ बोतल मदिरासहित चालक पक्राउ

झापा । भारतबाट भन्सार छलेर नेपाल तर्फ आउँदै गरेको गाडीमा अवैध मदिरासहित चालक पक्राउ परेका छन् । प्रहरीले काँकडभिट्टामा पक्राउ गरेको जनाएको छ ।

आज बिहान मेचीनगर– ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नं को भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गर्दा उक्त कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएर ल्याउँदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल ,सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो ।

अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० मूल्य बराबरको मदिरा र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप कानुनी कार्वाहीका लागि सामान र व्यक्ति मेची भन्सार कार्यालयमा बुझाइएको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]