बैशाख २०, २०८२ शनिबार

२६ दिनमा १८९ जना सडकआश्रित मानवहरुको उद्धार

२३ कार्त्तिक, धादिङ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङको गजुरी गाउँपालिका – ५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।

शुक्रबार उद्धार हुनुभएका ६ जनालाई मानवसेवा आश्रम काठमाडौंँको रानीवन सेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६ औँ दिन धादिङको गजुरीसम्म आइपुग्दा १८९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको हो । उद्धार हुनुभएका १४६ जना पुरुष र ४३ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।

राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखा हुँदै तनहुँ, चितवन, धादिङका सडकपेटी रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो ।

साथै मेची-महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेको छ भने शनिबारदेखि काठमाडौँ उपत्यका सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : कार्तिक २३, २०८१ शुक्रबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]