बैशाख २४, २०८२ बुधबार

राष्ट्रिय उद्धार यात्राअन्तर्गत २ सय ९ जनाको उद्धार

काठमाडौँ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत २८ दिनको अवधिमा २ सय ९ जनाको उद्धार गरिएको छ । उद्धार यात्राका क्रममा आइतबार काठमाडौँका विभिन्न स्थानबाट ८ जना सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।

आइतबार उद्धार हुनुभएका ७ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणका लागि राखिएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २८ औँ दिन काठमाडौँमा आइपुग्दा २ सय ९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ ।

मेची-महाकाली उद्धार यात्राको २८ औँ दिनको अवधिमा उद्धार हुनुभएका १६२ जना पुरुष र ४७ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार
यात्रा सुरु भएको हो ।

राष्ट्रिय उद्धार टोली आइतबार काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा उद्धार सेवाका लागि खटिएको हो । साथै मेची-महाकाली राष्ट्रिय उद्धार टोली सोमबार पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धारमा खटिनेछ ।

प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]