बैशाख २४, २०८२ बुधबार

बिर्तामोडमा कर्मचारी सञ्चय कोषको सेवा केन्द्र स्थापना

बिर्तामोड । झापाको बिर्तामोडमा कर्मचारी सञ्चय कोषको सेवा केन्द्र स्थापना भएको छ । आज एक कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन गरिएको हो । कोषका प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

साविक मेची अञ्चलका जिल्लाहरुमा सेवा दिने उद्देश्यले बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको प्रशासक धितालको भनाई छ । उनले सञ्चयकर्ताहरुलाई सहजै सेवा प्रदान गर्न बिर्तामोडमा सेवा केन्द्र स्थापना गरेको जानकारी दिए । सेवा केन्द्रको स्थापनासँगै विराटनगरबाट सेवा लिनुपर्ने पूर्वका सञ्चयकर्ताहरुको बाध्यता हटेको छ । कोषले काठमाडौंबारिह २ वटा सेवा केन्द्र र ८ वटा शाखा कार्यालय स्थापना गरिसकेको छ । कोशी प्रदेशमा विराटनगरबाट सेवा दिदैं आएको थियो ।

सेवा केन्द्रको उद्घाटनमा सहप्रशासक भरतराज वस्ती, विभागीय प्रमुख शान्ता गौतम ( सम्पत्ती ब्यबस्थापन) र विराटनगर शाखा प्रमुख रामशरण अर्यालको आथिथ्यता रहेको थियो ।

झापामा कोषको सेवा केन्द्र सञ्चालनमा आएसँगै सञ्चयकर्ताहरुलाई प्रभावकारी सेवा दिने सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]