जेष्ठ ४, २०८२ शनिबार

बुद्धशान्तिमा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल

तीर्थ तिम्सिना

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने डी आकृतिको नेपालकै तेस्रो र कोशी प्रदेशकै पहिलो ४७६ मिटर लामो झोलुङ्गे पुल । उक्त पुलको निर्माण कार्य सम्पन्न भएको छ । गत असारमा शिल्यानास गरी सुरु गरिएको पुलको अव केही दिनमै उद्घाटन गरिनेछ ।

बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिक बनेको पुल सञ्चालनमा आएपछि बुद्धशान्ति ७ र ६ सहित रोङ गाउँपालिकाको ५ र ६ नम्बर वडाका किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन सहज हुनेछ । यो तरकारी पकेट क्षेत्र पनि हो ।

पुल नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा कृषि उपज बजारसम्म पुर्‍याउन असहज भइरहेको अवस्थामा अव भने केही राहत मिल्ने भएको छ । निर्माण भएको पुलको लागत ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ ।

प्रकाशित मिति : पुष ४, २०८१ बिहीबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]