जेष्ठ ४, २०८२ शनिबार

दुर्गा प्रसाईं रिहा

काठमाडौँ । सर्वोच्च अदालतको आदेशबमोजिम मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।

उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । प्रवक्ता बोगटीका अनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति–कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुने बताए ।

हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । त्यसबमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

प्रकाशित मिति : पुष ५, २०८१ शुक्रबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]