जेष्ठ ४, २०८२ शनिबार

जनकपुर बोल्टसलाई १८५ रनको लक्ष्य

काठमाडौं, ६ पुस। सुदुर पश्चिमले जनकपुर बोल्टसलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो।

सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेट अघि नै १ सय १७ रनको साझेदारी गरेको थियो।

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए भने उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाउन सफल भए भने ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रनमा चित्त बुझाउन बाध्य भए। यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए।

उता, जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए।

प्रकाशित मिति : पुष ६, २०८१ शनिबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]