नेकपा एसको झापा इञ्चार्जमा पोखरेललाई जिम्मेवारी
बिर्तामोड । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा आफ्ना इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।
एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको झापा जिल्ला इन्चार्जमा पुष्प पोखरेललाई जिम्मेवारी प्रदान गरेको हो । उनलाई क्षेत्र नं. २ को समेत इञ्चार्ज तोकिएको छ । यस्तै सहइञ्चार्जहरुमा नीलमणि बराल (क्षेत्र नं. ४,५), चन्द्रा श्रेष्ठ (क्षेत्र नं.३) र सविता भेटवाल (क्षेत्र नं. १) लाई जिम्मेवारी प्रदान गरिएको छ ।
पार्टीले ताप्लेजुङमा खेम ओनेम, मोरङमा भीमबहादुर बस्नेत, रौतहटमा सरलाकुमारी यादव, धादिङमा गुरु बुर्लाकोटी इन्चार्ज तोकिएका छन् । यस्तै काठमाडौँमा रमा आले मगर, ललितपुरमा कृष्णलाल महर्जन तथा नुवाकोटमा राजेन्द्र लोहनी इन्चार्ज बनेका छन् ।