जेष्ठ ४, २०८२ शनिबार

भद्रपुरमा एमालेको बन्द प्रशिक्षण सम्पन्न

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले एक दिने बन्द प्रशिक्षण शिविर सम्पन्न गरेको छ ।

नेकपा एमाले झापा क्षेत्र नम्बर ३(१) निर्वाचन क्षेत्र स्तरीय बन्द प्रशिक्षण शनिवार भद्रपुर वडा नम्बर १ सोमबारेमा सम्पन्न भएको हो ।

सो क्षेत्रीय समन्वय कमिटीका संयोजक तथा जिल्ला कमिटी सदस्य कालीचरण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको अनुगमन तथा लेनिनवादी संगठनात्मक सिद्धान्तका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

त्यसैगरी, केन्द्रीय सदस्य तथा भद्रपुर नगर इञ्चार्ज सुनिता बरालले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भूमिका र समन्वयका बारेमा सहजिकरण गर्नु भएको थियो ।

भद्रपुर नगर र केचनकवल गाउँ पालिकाका झण्डै एकसय कार्यकर्ताको उपस्थितिमा जनप्रतिनिधिले स्थानीय तहमा गर्नुपर्ने काम र अधिकार क्षेत्रका बारेमा अधिवक्ता हेमकला कट्टेलले सहजिकरण गर्नु भएको थियो ।

आन्तरिक विश्लेषको बारेमा प्रकाश पार्दै एमाले झापा अध्यक्ष प्रेम गिरीले पार्टी कार्यकर्ताले आफ्नो र पार्टीको विश्लेषण गर्दै आफ्नो अगाडिको बाटो तय गर्ने विषयमा प्रकाश पार्नु भएको थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य हरि राजवंशी, कोशी प्रदेशका सचिवालय सदस्य बसन्त बानियाँ, प्रदेश कमिटी सदस्य, शिवकुमार राजभण्डारी, सल्लाहकार माधव विद्रोही, जिल्ला सचिव अशारु राजवंशी, सदस्यहरु पुरुषेत्तम अधिकारी, नवराज भट्टराई, वासु बन, कौशिल्या अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यका बारेमा सभाध्यक्ष बस्नेत, स्वागत जिल्ला सदस्य निर्मला पाण्डे र सञ्चालन जिल्ला सदस्य रोशन लामाले गर्नु भएको थियो ।

प्रकाशित मिति : पुष ६, २०८१ शनिबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]