जेष्ठ ५, २०८२ आईतबार

कविता र रुविनालाई नेपाल जेसीजको ‘उत्कृष्ट युवा पुरस्कार’

मेचीनगर । नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट झापा मेचीनगरकी सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री सम्मानित भएका छन् ।

शनिबारदेखि इटहरीमा तीन दिनसम्म सञ्चालन हुने नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनही २० हजार नगदसहित नेपाल र क्षेत्रीलाई पुरस्कृत गरेका हुन् ।

नेपाललाई जातिय छुवाछुत हटाउने अभियान र सामाजिक परिवर्तनको क्षेत्रमा योगदान पुर्याए वापत उक्त पुरस्कार प्रदान गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले जानकारी दिए ।

त्यस्तै नेपाल जेसीजले राष्ट्रिय तथा अनतराष्ट्रिय क्षेत्रमा ख्याती कमाएकी राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीलाई पनि सम्मान गरेको छ । उनले पनि २० हजार नगद पाएकी छन् ।

पुरस्कृत नेपाललाई बाहुनडाँगी जेसीजले र क्षेत्रीलाई सुरुङ्गा जेसीजले सिफारिस गरेको अध्यक्ष बानियाँले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली र नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले दुवै जना प्रतिभाहरुलाई सम्मान गरेका थिए ।

पुस ६, ७ र ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महाधिवेशनले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रकाशित मिति : पुष ७, २०८१ आईतबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]