जेष्ठ ५, २०८२ आईतबार

सामुदायिक कुकुर बन्ध्याकरण शिविर हल्दिबारीमा सुरू

झापा। हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ। शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ। गाउँपालिकाको कुल ४ लाख लागतमा संचालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।

शिविरमा सबै वडाबाट कुकुर संकलन गरीदैछ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको हो। कुकुरको आक्रमणबाट जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर उपयुक्त रहेको छ।

सामुदायिक कुकुरका कारण सडक दुर्घटनासमेत बढेको गएकाले शिविरले यसको संख्या नियन्त्रणसंगै जोखिम पनि कम हुने गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताएका छन्।

यस्तै योजना अधिकृत राजन न्यौपानेले सामुदायिक कुकुरको संख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी हुने बताए।

शिविरमा हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लि को प्राविधिक सहयोग रहेको छ। शिविरमा संस्थाका अध्यक्ष डा दिलिप सापकोटा यसैगरी डा सिजन सैजुको टिमले सामुदायिक कुकुरहरूको बन्धयाकरणमा सहजीकरण गरेका थिए।

सामुदायिक कुकुरहरुले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने, साना पशु चौपायालाई आक्रमण गर्ने र दुर्घटनासमेत निम्त्याउने गरेका छन् ।

कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइएको पशुपंछि तथा मत्स्य विकाश शाखाकी प्रमुख सानुमाया श्रेष्ठले बताइन्।

प्रकाशित मिति : पुष ८, २०८१ सोमबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]