असार २१, २०८२ शनिबार

बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बिर्तामोड, ११ पुस – बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ ।

तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा सक्ने भनेपनि छात्र तर्फको भलिबल प्रतियोगिता सम्पन्न नहुँदा बुधबार सबै सबै पुरस्कार वितरण हुन सकेन । बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीका अनुसार छात्र भलिबल र समग्र विद्यालयमा प्रथम, द्वितीय र तृतीयको नतिजा आज घोषणा गरेर पुरस्कार वितरण गरिनेछ ।

छात्रा भलिवल लगायत अन्य विधाका खेल विजेता विद्यालयहरुलाई बुधबार साँझ पुरस्कार वितरण गरिएको छ । जसमा भलिवल छात्रा तर्फ निदि माध्यमिक विद्यालय प्रथम, वाल्मीकी विद्यालय द्वितीय र टावर टेम्पल तृतीय भएका छन् । कराँते विद्यामा २ स्वर्ण, ४ रजतसहित महेन्द्र रत्न प्रथम, १ स्वर्ण, २ रजतसहित कनकाई द्वितिय र १ स्वर्ण, ४ काश्यसहित कञ्चनजंघा स्कुल तृतीय भएका छन् ।

यस्तै तेक्वान्दो तर्फ ३ स्वर्ण, २ काश्य र ५ काश्यसहित देवी मा।वि प्रथम, २ स्वर्ण, १ रजत ३ काश्यसहित टावरटेम्पल दोश्रो र २ स्वर्ण, १ रजत, १ काश्यसहित न्यूटन एजुकेशन तेश्रो भएका छन् । यस्तै उत्सु तर्फ ६ स्वर्णसहित निदि प्रथम २ स्वर्णसहित ग्लोरी दोश्रो र २ स्वर्ण, १ रजतसहित कञ्चनजंघा तृतीय भएको छ ।

यस्तै एथलेटिक्स तर्फ महेन्द्र ज्योति मावि १० स्वर्णसहित प्रथम महेन्द्र रत्न मावि ७ स्वर्णसहित द्वितीय र देवी मावि ३ स्वर्णसहित तृतीय रहेका छन् ।

कवडी छात्र तर्फ महेन्द्र मावि प्रथम, कञ्चनजंघा द्वितीय र सरस्वती तृतीय भएका छन् । कवडी छात्रा तर्फ दुर्गा मावि प्रथम, कञ्चनजंघा द्धितीय र देवी मावि तृतीय रहेका छन् ।

बिजेता खेलाडीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरस्कार वितरण गर्नु भयो ।

प्रकाशित मिति : पुष ११, २०८१ बिहीबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]