बैशाख २३, २०८२ मंगलबार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम

बिर्तामोड, ११ पुस – बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि बिर्तामोड ३ प्रथम भएको छ ।

’स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुख्य नाराको साथ पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । यस्तै निधि मावि बिर्तामोड २ द्वितीय र महेन्द्रज्योती मावि बिर्तामोड १० तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम महेन्द्र रत्नले ११ स्वर्ण, ९ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै द्वितीय निधि माविले १० स्वर्ण, ४ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै तृतीय भएको महेन्द्र ज्योतिले १० स्वर्ण र ३ रजत प्राप्त गरेको छ । प्रथम,द्वितीय र तृतीयले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद र शिल्ड, प्रमाण पत्र प्राप्त गरेका छन् ।

छात्र तर्फको भलिबल खेलमा निदी स्कुल प्रथम, देवि मावि दोस्रो र न्युटन तेस्रो भएका छन् ।

विजयी विद्यालय र विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।

छात्रा भलिवल लगायत अन्य विधाका खेल विजेता विद्यालयहरुलाई बुधबार साँझ पुरस्कार वितरण गरिएको छ । जसमा भलिवल छात्रा तर्फ निदि माध्यमिक विद्यालय प्रथम, वाल्मीकी विद्यालय द्वितीय र टावर टेम्पल तृतीय भएका छन् । कराँते विद्यामा २ स्वर्ण, ४ रजतसहित महेन्द्र रत्न प्रथम, १ स्वर्ण, २ रजतसहित कनकाई द्वितिय र १ स्वर्ण, ४ काश्यसहित कञ्चनजंघा स्कुल तृतीय भएका छन् ।

यस्तै तेक्वान्दो तर्फ ३ स्वर्ण, २ काश्य र ५ काश्यसहित देवी मा.वि प्रथम, २ स्वर्ण, १ रजत ३ काश्यसहित टावरटेम्पल दोश्रो र २ स्वर्ण, १ रजत, १ काश्यसहित न्यूटन एजुकेशन तेश्रो भएका छन् । यस्तै उत्सु तर्फ ६ स्वर्णसहित निदि प्रथम २ स्वर्णसहित ग्लोरी दोश्रो र २ स्वर्ण, १ रजतसहित कञ्चनजंघा तृतीय भएको छ ।

यस्तै एथलेटिक्स तर्फ महेन्द्र ज्योति मावि १० स्वर्णसहित प्रथम महेन्द्र रत्न मा.वि. ७ स्वर्णसहित द्वितीय र देवी मा.वि. ३ स्वर्णसहित तृतीय रहेका छन् ।

कवडी छात्र तर्फ महेन्द्र मावि प्रथम, कञ्चनजंघा द्वितीय र सरस्वती तृतीय भएका छन् । कवडी छात्रा तर्फ दुर्गा मा.वि. प्रथम, कञ्चनजंघा द्धितीय र देवी मावि तृतीय रहेका छन् । बिजेता खेलाडीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरस्कार वितरण गर्नुभयो ।

प्रकाशित मिति : पुष ११, २०८१ बिहीबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]