जेष्ठ ८, २०८२ बुधबार

झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध

बिर्तामोड । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुई जना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुई जना निर्विरोध भएका हुन् ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर पौडेल र उपाध्यक्ष युवराज कार्की (पर्वत) निर्विरोध भएका छन् । आज बिर्तामोडस्थित अतिथि सदनमा भइरहेको निर्वाचन प्रक्रियामा गोल्डकपका सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । आज ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने अन्तिम नामावली ४ः१४ मा प्रकाशित हुने कार्यतालिका रहेको छ ।

पदाधिकारीमा दुई पदमा बाहेक अन्य पदहरुमा दुई-दुई जनाको उम्मेदवारी परेको छ । यस्तै, ८ जना सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।
झापा गोल्डकपको अधिवेशनको उद्घाटन शत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

प्रकाशित मिति : पुष २९, २०८१ सोमबार  ३ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]