जेष्ठ ८, २०८२ बुधबार

मुख्यमन्त्री कार्कीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभएको छ ।

आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताउनुभयो । उहाँले भन्नुभयो – तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु । कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

माघे संक्रान्तीकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाइ सम्वृद्ध बनाएको समेत शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै हाम्रो संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनु पर्ने आवश्यक्ता समेत औँल्याउनु भयो ।

प्रकाशित मिति : माघ १, २०८१ मंगलबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]