दुधे माविको ५५ औं वार्षिकोत्सवमा शिक्षक तथा कर्मचारी सम्मानित
शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ५५ औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा एक वर्ष भित्रमा उत्कृष्ट काम गर्ने पाँच शिक्षक र एक कर्मचारीलाई सम्मान गरेको हो ।
विद्यालयले शिक्षक युवराज आङदेम्बे, अरुण रेग्मी, मोनिका मोक्तान, अस्मिता राई, लीला गेलाल र कर्मचारी छविलाल दवाडीलाई सम्मान गरेको हो ।
उनीहरुलाई संघीय सांसद लालप्रसाद साँवा, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालगायतले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सासद साँवाले यस विद्यालय आफुले पनि अध्ययन गरेको र धेरै जनप्रतिनिधिहरुले अध्ययन गरेको विद्यालय भएको बताए। यहाँको भौतिक अवस्था पहिलेको भन्दा सुधार भएका छन् । केही भवन र साइन्स ल्यावहरु थप्नुपर्ने भएको छ । आवश्यकताका आधार हामी त्यस तर्फ पनि जोड दिदै जाने संसाद सावाँले जानकारी दिए ।
विद्यालयको वार्षिकोत्सवकै अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थाहरुले उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्र बृत्ति प्रदान गरेका छन् । उमा उर्मिला छात्रवृत्ति अक्षयकोषबाट ८ हजार छ सय रकम २०८० सालको एसईईमा उत्कृष्ट प्राप्त गर्ने प्रज्वल मैनाली र हिमाली काफ्लेलाई प्रदान गरिएको छ । त्यस्तै काठमाडौ खेवाङ्ग हातेमालो समाज छात्रवृत्ति वितरण कार्यक्रम अन्तर्गत कक्षा १२मा उत्कृष्ट ग्रेड हासिल गर्ने निर्मला पराजुली र प्रभा राईलाई २५-२५ हजार प्रदान गरिएको छ ।
जयनारायण अयोध्यादेवी खनाल छात्रवृत्ति वितरणमा गरिब तथा जेहेन्दार विद्यार्थीको रुपमा अभिषेक राई र बविता लिम्बुलाई ६-६ हजार प्रदान गरिएको विद्यालयले जनाएको छ । त्यस्तै हरिप्रसाद हरिमाया रिजाल अक्षयकोष छात्रवृत्ति वितरणमा अरुण विक र देउकुमारी खड्कालाई ५-५ हजार वितरण गरिएको थियो । मनमाया माङ्धुम्बो थेवे स्मृति छात्रवृत्ति वितरण अन्तर्गत २०८० सालको कक्षा ८ बाट उत्कृष्ट जिपिए ल्याउने ओत्साङ्ग लिम्बु र कक्षा ९ बाट उत्कृष्ट जिपिए ल्याउने खुशी लिम्बुलाई ६-६ हजार प्रदान गरिएको छ । सिंहधन राधिका राई अक्षयकोष छात्रवृत्ति वितरणमा विद्यार्थी एरोन चौधरी, भुमिका धिमाल र रिमा गुरुङ्गलाई वितरण गरिएको विद्यालयका शिक्षक गोविन्द काफ्लेले जानकारी दिए ।
विद्यालयमा स्थापना गरेको दिर्घराज बर्देवा अक्षयकोष रकम १० हजार रकममा प्रत्येक वर्ष थप गरी हाल ३० हजार बनाएको विद्यालयले जनाएको छ । अक्षयकोष स्थापना दाता सन्जिला बर्देवाले आफ्ना ससुरा दीर्घराज वर्देवाको स्मृतिमा अक्षयको स्थापना गरेकी हुन् । उनले कोषमा ५० हजार पुगेपछि छात्रवृत्ति घोषणा गर्ने बताइएकी छिन् ।
कार्यक्रममा सतासीधाम जेसीज वर्ष २०२४ का अध्यक्ष पदमजंग कुँवरले विद्यालयमा करिब तथा जेहेन्दर विद्यार्थीको अभिावकत्व ग्रहण गर्ने गरेका छन् । उनले विद्यार्थी संज्योक श्रेष्ठलाई १० हजार प्रदान गरेका छन् ।
विद्यालयले वार्षिकोत्सवकै अवसर पारेर विद्यालयमा विद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने वातावरण संरक्षण केन्द्र नेपाल र विभिन्न समयमा विद्यार्थीहरुलाई निशुल्क न्यानो कपडा प्रदान गरेका श्री रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरलाई पनि विद्यालयले सम्मान गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरुबाट निर्मित विभिन्न हस्तकलाका सामाग्रीहरुको प्रदर्शन गरिएको थियो, भने विद्यालय नर्शबाट विद्यार्थीहरुले खान मिल्ने र नमिल्ले खाने कुराहरुलाई वस्तुगत रुपमा देखाई स्टल राखिएको थियो ।
विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुबाट नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रा, कोशी प्रदेश पूर्व कृषि मन्त्री झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिका वडा नं. ८ वडाध्यक्ष सन्तफेउदिन लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द काफ्ले र सुस्मिता राईले गरेका थिए ।