असार २६, २०८२ बिहीबार

खोटाङका दुई विद्यालयलाई कम्प्युटर प्रदान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढीमा रहेको दुई वटा सामुदायिकमा कम्प्युटर प्रदान गरिएको छ ।
दिरुम नपा १० मा रहेको सहकाली आधारभूत विद्यालय पाथेका र वडा नं. १५ को जनचेतना आधारभूत बिद्यालय बिजयखर्कलाई दुई-दुई थान कम्प्युटर प्रदान गरिएको हो ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य, संविधानसभा सदस्य बिशाल भट्टराईले एक कार्यक्रमका बीच दुई विद्यालयमा कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । निकट सहयोगीहरुबाट प्राप्त भएको कम्प्युटर अभाव ग्रस्त बिद्यालयलाई प्रदान गरिएको नेता भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवम् पूर्व उपमेयर बिणादेवी राई, प्रदेश सदस्य सुनिल राई, जिल्ला कमिटी उपाध्यक्ष कुमार आचार्य, एमाले जिल्ला कमिटी सदस्य प्रेम खनाल, नगर अध्यक्ष गोपाल आचार्य , अनेरास्ववियुका केन्द्रीय सदस्य मोहन संग्राम लगायत बिद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयबासीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]