रेडक्रस उपशाखा बिर्तामोडको पदस्थापन
बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा पदस्थापन सम्पन्न छ । निर्वाचन समितिका संयोजक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री चन्द्रप्रसाद चुडाल र निर्वाचन समिति सदस्य ओम गौतमले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
प्रमाणपत्र वितरण गर्दै निर्वाचन समिति संयोजक चुडालले रेडक्रसको विधान, उपशाखाले गर्नुपर्ने काम लगायतका विषयमा जानकारी गराउनु भएको थियो भने कोषाध्यक्ष गौतमले जनधनत्व निरन्तर बढिरहेको बिर्तामोडमा उपलब्ध स्वास्थ्य सेवासंगै रगत अभावलाई व्यवस्थापन गर्न चुनौति रहेको बताउनु भयो । मानवीय सेवामा समर्पित रेडक्रसकर्मीको भूमिकाका बारेमा चुडाल र गौतमले जोड दिनुभएको थियो ।
पदभार ग्रहणसंगै नवनिर्वाचित अध्यक्ष मनोजकुमार अग्रवालको अध्यक्षतामा पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले उपशाखाका संस्थापक अध्यक्ष सजेस शिवाकोटीलाई कार्यसमितिमा मनोनयन गरेको छ । रेडक्रसको विधान अनुसार निवर्तमान अध्यक्ष कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था बमोजिम शिवाकोटीलाईलार्य मनोनयन गरेको बताइएको छ । बैठकले नियमित बैठक, बैंक खातामा हस्ताक्षर परिवर्तन, निर्वाचन समितिलाई धन्यवाद ज्ञापन लगा यतका निर्णय गरेको सचिव निरज ओलीले जानकारी दिनुभयो । समितिको कार्यकाल २ वर्षको रहनेछ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखा अन्तरगत रहेका २६ वटा उपशाखा मध्ये हालसम्ममा २५ वटा उपशाखाको अधिवेशन सम्पन्न भएको बताइएको छ ।