जेष्ठ ११, २०८२ शनिबार

अहिलेको पुस्ताले छिटो उपलब्धि खोज्दैछ : पूर्व राष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको बताउनुभएको ।
शुक्रबार धरानमा नेकपा एमालेका नेताहरूसँगको भेट कार्यक्रममा बोल्दै भण्डारीले अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको बताउनुभयो । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले सोच्नुपर्नेमा भण्डारीले जोड दिनुभयो ।

राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उहाँले अपिल गर्नुभयो । ‘अहिलेको नयाँ पुस्ता अत्यन्त तीव्र गतिमा हिँड्न चाहन्छ, हामी जुन पर्खिने धर्यता राख्थ्यौ, अहिलेको पुस्तामा त्यो खालको धर्यता छैन’, उहाँले भन्नुभयो ।

नेपाल जस्तो भौगोलिक अवस्थितिमा छ, त्यस हिसाबले नेपाली अति गौरवशाली र भाग्यमानी भएका उहाँले बताउनुभयो । एकातिर ठुलो विकसित देश चीन छ, अर्कोतिर छिमेकी मित्रराष्ट्र भारत छ, दुवै देशले धेरै विकास गरेका छन्, यसबाट नेपालले लाभ लिनु पर्छ’, उहाँले भन्नुभयो ।

सामान्य मात्रै होइन विज्ञान र प्रविधिमा दुवै देशले फड्को मारेका उहाँले बताउनुभयो । त्यहीबाट आएका दैनिक उपभोग्य सामानबाट नेपालले सेवा लिएर नेपालीले गुजारा गरिरहेको स्थिति रहेको भण्डारीले सुनाउनुभयो ।
त्यसले नेपालीको स्वदेशमा काम गर्ने बानी नै छुटेको भण्डारीले बताउनुभयो । यसले देशमा बिस्तारै बेरोजगारी बढी रोजगारीको खोजीमा युवा विदेश पलायन भएको उहाँको धारणा छ । ती विकसित देशको विकासबाट नेपालीले लाभ लिनै नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, कवयित्री कुन्ता शर्मा लगायतका नेताहरूको सहभागिता थियो ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  ११ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]