जेष्ठ ११, २०८२ शनिबार

पत्रकार राई पुरस्कृत

दमक । दमकका पत्रकार अनिलदेव राई पुरस्कृत हुनुभएको छ । दमक उद्योग वाणिज्य सङ्घको ३३औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रवार राईलाई नगद र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेको हो । उहाँलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, सङ्घका अध्यक्ष गोपाल गुरागाईंले पुरस्कार प्रदान गर्नुभयो ।

झापा, शिवसताक्षी निवासी पत्रकार राई दमकमा बसेर पत्रकारितामा क्रियाशील हुनुहुन्छ । सङ्घले वार्षिक साधारणसभाका अवसरमा दमकको उद्योग, वाणिज्यलगायतका क्षेत्रमा कलम चलाएबापत एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि रु ११ हजार एक सय ११ रहेको छ ।

सभामा सङ्घका पूर्वकार्यसमिति सदस्य तथा पदाधिकारीहरू यामनाथ आचार्य, राजकुमार भट्टराई, गणेश श्रेष्ठ र धनपति बराललाई सम्मान गरिएको छ । उत्कृष्ट व्यवसायी सम्मानबाट नुतन राइस मिल्सका रूद्रप्रसाद तिम्सिना, चाम्लिङ फोटो स्टुडियोकी रामदीपा राई, श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठ सम्मानित हुनुभएको छ ।

सभामा दमक उद्योग वाणिज्य सङ्घ स्थापनाको ४६ वर्षको इतिहास समेटिएको संक्षिप्त वृत्तचित्र ‘दमक उद्योग वाणिज्य सङ्घ हिजोदेखि आजसम्म’ प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : माघ १९, २०८१ शनिबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]