तक्षशीलामा कक्षा १ देखि नै एआई पठनपाठन सुरु
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तक्षशीला प्रोग्रेसिभ अंगे्रजी विद्यालयले कृतिम बौद्धिकता (ए.आई) सम्बन्धी पठनपाठन सुरु गरेको छ । सरस्वती पुजाको अवसर पारेर तक्षशीलाले एआई सम्बन्धी कक्षा सञ्चालन गरिएको छ ।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई एआई सम्बन्धी पठनपाठन गराइने तक्षशीलाकी कार्यकारी निर्देशक डा. अन्जली कार्कीले जानकारी दिनुभयो । अबको दुनियामा एआई अनिवार्य भएकाले विद्यार्थीहरुको भविष्यका लागि अहिलेदेखि नै पठनपाठन सुरु गरिएको उहाँको भनाई छ । भारतका चर्चित शैक्षिक संस्थाहरुले समेत सुविधा सम्पन्न एआई ल्याव राखेर पठन पाठन गरेको देखेपछि तक्षशीलाले समेत व्यवस्थित ल्याब निर्माण गरेको बताइएको छ । ल्याव तयार गरिसकेको तक्षशीलाले डेढ करोड लगानी गरेको छ ।
ल्याबमै राखेर विद्यार्थीहरुलाई एआई सम्बन्धी कक्षा दिने र त्यसका लागि दक्ष प्रशिक्षकको व्यवस्था मिलाइसकेको बताइएको छ । यस्तै, तक्षशीलाले ड्रोन, कोडिङ लगायतका शिक्षा प्रदान गर्दै जाने कार्यकारी निर्देशक कार्कीको भनाई छ ।
क्याम्ब्रिजको मान्यता पाएको तक्षशीलाले गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षा प्रदान गरिरहेको प्रमिश गिरीले जानकारी दिनुभयो ।