बैशाख २४, २०८२ बुधबार

‘समर्थन मुल्य नपाए झापाका गाई फार्महरु बैंकलाई बुझाउनुपर्ने अवस्था छ’

बिर्तामोड । झापाका पशुपालक तथा दुग्ध उत्पादक किसानहरुले समर्थन मुल्य नपाएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । मन्त्रीपरिषदले निर्णय गरेको समर्थन मुल्य विपरित डेरी उद्योगहरुले मनोमानी गरिरहेको दुग्ध उत्पादक किसानको आरोप छ ।

आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै १५ महिनाअघिदेखि किसानले समर्थन मुल्य नपाएको र त्यस वापतको क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । दुधको समर्थन मूल्य डेरी उद्योगहरुले कायम नगरे आन्दोलनमा जाने संघका अध्यक्ष लक्ष्मी प्रसाद सिटौलाले जानकारी दिए ।

उनका अनुसार मन्त्रीपरिषदले २०७९ फागुन १९ गते कच्चा दुधको ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ र टीएस बापत थप रकम निर्धारण गरेको थियो । ०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी प्रति लिटर ८ रुपैयाँ घटाएर कारोवार गरेको दुग्ध उत्पादक संघको आरोप छ । डेरी उद्योगहरुले ०८० मंसिर १ गतेदेखि दुधको मूल्य घटाएको उत्पादकहरुको भनाई छ ।

२०८० मंसिर ७ गते केन्द्रीय दुग्ध सहकारी संघ लिले २०८० कार्तिक २४ गते र डेरी उद्योग संघ नेपालले २०८० मंसिर ७ गते दुधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्राचार गरेपनि डेरी उद्योगले त्यस निर्णय विपरित कारोवार गर्दै आएको अध्यक्ष सिटौलाको भनाई छ ।

डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दूध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याइरहेको भन्दै उनीहरुले हालसम्म भएको ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत उनीहरुले माग गरेका छन् ।

अन्य प्रदेशमा मन्त्री परिषदको निर्णय बमोजिम दुध खरिद बिक्री भईरहे पनि कोशी प्रदेशमा मात्र मूल्य घटाईएको दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए । पशुपालनमा खर्च बढिरहेको र कम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरुलाई पलायन हुने अवस्था आएको उत्पादक संघले बताएको छ । दुधको मुल्यमा कमी आएपछि किसानहरु पलायन भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

किसानलाई र डेरी उद्योगीहरुबीच नङमासुको सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनीहरुको गुनासो छ । दुध उत्पादन कमी हुँदा पनि डेरीहरुले कसरी व्यवस्थापन गरिरहेका छन्, उनीहरु भन्छन् – किसानले दुध नदिए पनि डेरीहरुले भारतीय पाउडर ल्याएर पोका दुध बनाउने गरेको दावी गरेका छन् ।

दुग्ध उत्पादक किसान बद्री निरौलाले मिल्ड होलिडे गर्नुभन्दा मुल्य घटाउनुपर्ने डेरी व्यवसायीको माग जायज नभएको बताउँछन् । उनले दुध नपाएर डेरी उधोगहरुले पाउडर बेच्ने दावी गरेका छन् । किसान धमाधम पलायन भइरहेको बेला दुधको समर्थन मुल्य उपलब्ध गराएर संरक्षण गर्नुपर्ने धारणा राखे ।

डेरी उद्योगमा भन्दा गाई फर्ममा ठुलो लगानी भएको बताउँदै उनले प्रशोधन गर्ने डेरीहरुका कारण किसान मार्कामा परेको निरौलाको भनाई छ ।

पाथिभरा गाई फर्मका सञ्चालक सुदिप गौतमले किसानमाथि डेरी उधोगीहरुले राम्रो व्यवहार नगरेको गुनासो गरेका छन् । कोशी प्रदेश बाहेक सबै पालिकाहरुमा कार्यान्वयन भए पनि यहाँका उद्योगीहरुले समर्थन मुल्यको कार्यान्वयन नगरेको जानकारी दिए ।

मुल्य घटाएपछि गाई फार्महरु धमाधम बैंकको कालोसुचीमा पर्न थालेको बताए । उनले यस्तै रहे अन्य फार्महरु बैंकले लिलामी गर्ने जनाए ।

प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]