अनेमसंघ झापाले पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने
बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाले १० जना पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने भएको छ । १० औं जिल्ला सम्मेलनको अवसर पारेर सम्मान गर्न लागिएको अनेमसंघ झापाकी सचिव लिला दाहालले जानकारी दिनुभयो ।
अनेमसंघ झापाको जिल्ला सम्मेलन शनिवार बिर्तामोडस्थित अग्रसेन भवनमा हुन गइरहेको छ । अनेमसंघको १० औं जिल्ला सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले गर्ने दाहालले जानकारी दिनुभयो । सम्मेलनमा ३२४ जना प्रतिनिधिहरु सहभागी हुने छन् । १३१ वडामा कमिटी निर्माण गरेको अनेमसंघले पालिका र क्षेत्रीय कमिटीहरु गठनको काम सम्पन्न गरिसकेको छ । अधिकांश टोलमा समेत कमिटी निर्माण गरिएको सचिव दाहालले बताउनुभयो ।
शनिवार उद्घाटन सम्पन्न गरेर बन्दशत्र प्रवेश गर्ने तयारी छ । अध्यक्ष मण्डल बनाएर बन्दशत्र सञ्चालन गरिने बताइएको छ । बन्दशत्रमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ ।
सम्मेलनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।