बैशाख २४, २०८२ बुधबार

बिर्तामोडका ढकाललाई स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक

बिर्तामोड । झापा बिर्तामोड – ५ का आयुर ढकालले मलेसियामा हालै सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुरको स्वर्णसहित नेपालले ७ पदक जितेको हो । नेपालले स्वर्ण पुम्सेमा जितेको हो । आयुरले ९ देखि ११ वर्ष उमेर समूहमा स्वर्ण जितेको प्रशिक्षक दिपेन धिमालले जानकारी दिए ।

आयुरले झापाको मेची तेक्वान्दो डोजाङबाट खेल्ने गरेका छन् । नेपालले समान ३ रजत र कांस्य पदक पनि जितेको छ भने अर्को कांस्य भने लिरिक फुयालले पुम्सेमा ल्याएका छन् ।

प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]