जेष्ठ १२, २०८२ आईतबार

नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको ज्यान गयो

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गएराति ९:१० बजेतिर घटना हुँदा रेलवे स्टेशनमा ठेलमठेल भीड थियो । भीडका कारण यात्रुबीच एकआपसमा धकेलाधकेल हुँदा कतिपय लडेका थिए ।

भागदौडमा परेकामध्ये तीन जना बालबालिकासहित १५ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारमा समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै स्थानीय प्रशासनलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । रेलमन्त्री अश्विनी वैष्णवले घटना लगत्तै सुरक्षाकर्मीको सहयोगमा रेलवे स्टेशनको अवस्थालाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ११ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]