जेष्ठ १२, २०८२ आईतबार

जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमाथि एक जना प्रहरी मृत फेला

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज विहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ ।

ब्यारेकको माथिल्लो तल्लामा रहेको पानी टंकीमा जाने फलामको भ¥याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला मोरंग कानेपोखरी गाउँपालिका वडा नं.७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा पेला परेका खतिवडाको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जनाइएको छ । झापा प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  ११ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]