जेष्ठ १२, २०८२ आईतबार

जरामा खट्ने अभियन्ताहरुलाई अभिमुखिकरण गर्दै एमाले

इटहरी । आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा ९एमाले० ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेले इटहरीमा अभिमुखिकरण गर्दैछ ।

आज (आइतबार)  इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरुीका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो ।

प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टी केन्द्रीय सदस्य जगदिश कुसियतले समेत विचार प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
कार्यक्रम अपरान्ह साढे १२ बजेबाट सुरु भएको छ, अभिमुखिकरण ३ घण्टा सञ्चालन हुनेछ ।

मुख्यगरी अबको २५ वर्षमा पार्टी सय वर्ष पुग्नेछ त्यसबेला नेपाललाई समृद्ध बनाउने र त्यसका लागि अब आउने २०८४ लगायतका तीन तहकै सरकारमा एमालेको बहुमत सरकार बनाउने र एमालेलाई राष्ट्रिय शक्तिका रुपमा निर्माण गर्ने पार्टीको गत २०८१ बैशाख ८ देखि १० गतेसम्म सम्पन्न प्रतिनिधि परिषद् बैठकका दुई निष्कर्षहरुलाई कार्यान्वयन गर्न यतिवेला एमाले जरा अभियानमा केन्द्रित रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]