बैशाख २०, २०८२ शनिबार

बाल्मिकी शिक्षा सदनले मनायो १७ औँ वार्षिकोत्सव

झापा, ८ फागुन – झापाको बुद्धशान्ती- ६ स्थित बाल्मिकी शिक्षा सदन विद्यालयले १७ औँ बार्षिकोत्सव मनाएको छ । आज  विद्यालय परिसरमा बिबिध कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम गरेर बार्षिक उत्सव मनाइएको हो ।

विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता , प्रमुख अतिथि बुद्धशान्ती गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेल रहनु भएको थियो भने ,विशिष्ट अतिथी प्याब्सन झापाका अध्यक्ष छत्र बहादुर कार्की , बुद्धशान्ती गाँउपालिका कार्यपालिका सदस्य दिनेश लेप्चा रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष शिवराज पौडेल बाल्मिकी शिक्षा सदनले हरेक क्षेत्रमा विद्यार्थीलाइ पहिलो प्राथमिकतामा राखेर कार्य गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीको पढाइका साथै अतिरिक्त कार्यमा समेत सरिक हुन प्रेरणा मिल्ने बताउनु भयो । उहाँले भन्नुभयो, हरेक विद्यालयमा यस्ता कार्यक्रमहरु हुन जरुरी रहेको र यसले भबिस्यमा दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रममा बोल्दै प्याब्सन झापाका अध्यक्ष छत्र बहादुर कार्कीले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको कार्यलाई सामान्य सोच्न नमिल्ने बताउनु भयो । विद्यालयमा हुने हरेक कार्यक्रमले विद्यार्थीको समग्र विकासमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

कार्यक्रममा वडा नं ६ का वडा सदस्यहरु प्रमिला परियार लाखे, रमादेवि अधिकारी,प्याब्सन बुद्धशान्तीका अध्यक्ष तिलक पाख्रिन , निवर्तमान वडाध्यक्ष शम्भु प्रसाद पौड्याल , अखिल नेपाल फुटबल सघँ झापाका वरिष्ठ उपाध्यक्ष मनेश दाहाल , मुनामदन एकाडेमी बुद्धशान्ति ४ का फाउन्डर प्रिन्सिपल चेतन ढुङ्गेल , शान्ति आदर्श माविका प्रधानाध्यापक अनिल खतिवडा , गडिगाउँ माविका प्रधानाध्यापक रूद्रमणि खतिवडा, शान्तिनिकेतन अङ्ग्रेजी माविका प्रिन्सिपल उदय चन्द्र कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वेस्ट टिचरको अवार्ड द्वारा विद्यालयकी शिक्षिका कविता न्यौपाने सम्मानित हुनुभएको प्रिन्सिपल मोती बस्नेतले बताउनु भयो । विद्यार्थीले विभिन्न सन्देश मुलक नृत्य , गायन, प्रस्तुत गरेको कार्यक्रममा अभिभावक अशोक लाखेले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अभिभावक तथा पूर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई ट्रफि तथा मेडलहरू प्रदान गरिएको कार्यक्रमको स्वागत विद्यार्थी सुपर्ना लामाले गर्नुभएको थियो भने सञ्चालन समिक्षा शेर्पा र अर्जुन अधिकारीले संयुक्त गर्नुभएको थियो ।

विद्यालयले हरेक वर्ष बार्षिकोत्सवमा बेग्ला बेग्लै कार्यक्रम गर्दै आएको छ। २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरी देखि ५ सम्म अध्यापन भइरहेको शिक्षिका मुना थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]