जेष्ठ ९, २०८२ बिहीबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेश हुने भएका हुन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]