जेष्ठ ८, २०८२ बुधबार

बिर्तामोडमा किसानको गाई गोठमै पुगेर विज्ञको सेवा

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ ।

नगरको पशुपंक्षी तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिने स्थलगत शिविरको आयोजना गरि २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो । शाखा प्रमुख डा. नगेन्द्र खड्काले विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच गर्नुकासाथै आवश्यक औषधीसमेत निःशुल्क वितरण गरेको जानकारी दिनुभयो ।

नगरपालिकाले यस आर्थिक वर्षको योजना अनुसार शिविर सञ्चालन गरेको हो । बाँझोपनाको समस्याका विषयमा जानकारी गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सोहि सूचनाको आधारमा परेका निवेदन हेरेर सेवा प्रदान गरेको डा. खड्काले जानकारी दिनुभयो ।

शिविरमा डा. खड्का सहित राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका पशु चिकित्सक कपिलदेव यादव, मिथिलेसकुमार दास, पशुपंक्षी तथा मत्स्य विकास शाखा बिर्तामोडका राजेश अधिकारीलगायतको टोली खटिएको थियो । तुलनात्मकरुपमा भैँसीमा भन्दा गाईमा धेरै बाँझोपनाको समस्या देखिने गरेको जनाईएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]