जेष्ठ ८, २०८२ बुधबार

बेनिफिकामाथि बार्सिलोनाको जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा बार्सिलोनाले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले बेनिफिकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा राफिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको २२औ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

बेनिफिकाको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको बार्सिलोनाले दोस्रो लिग मार्च ११ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]