बैशाख १९, २०८२ शुक्रबार

तर्सिनुपर्दैन, टुकीयुग फर्किंदैन

प्रेम बहादुर गिरी

हाम्रो देशमा १०० वर्षको रैतियुगमा बिजुली १०६ मे. वा. मात्र उत्पादन भयो। लोकतन्त्रपछि उत्पादन ह्वात्तै बढेको छ। केपि, पुष्पकमल, शेरबहादुर लगायतका नेताहरु नेतृत्वमा हुँदा बिजुलीको बिकासमा ध्यान दिनुभएकोमा साधुवाद छ।

तत्कालिन प्रधानमन्त्री छँदा केपि ओलीले २ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने बाचा गर्नुभयो। म गाउँमा बिजुली बाल्ने कामको नेतृत्वकर्ताको नाताले बिजुली बिषय केहि बुझेको थिएँ र प्रमज्युको बाचाप्रति खुल्दुली लाग्यो। काठमाडौंमा पार्टी नेतृत्वलाई रिपोर्ट गरें र पार्टीले आन्तरिक बैठक, बिज्ञसँग परामर्श लगातार गर्‍यो। प्रधानमन्त्री केपि ओली भारत भ्रमणमा जानुहुँदा ट्रान्समिशन लाइन र बिद्युत खरीदबिक्री सम्झौता भयो। भारतबाट बिजुली खरिद गरियो र करीव २ वर्षपछि घरायसी प्रयोगमा लोडसेडिङ अन्त्य भयो।

अहिले हाम्रो उत्पादनले बिजुलीको घरायसी माग थेग्नसक्ने अवस्था छ। लोकतान्त्रिक नेतृत्वले यो काम गरेको छ। आजको
जमाना भने पपुलिजमको छ, सेलिब्रेटीको छ, कुरो गफाडीको बिक्छ, प्रशंसा कस्मेटिक्सको गरिन्छ। काठमाडौंमा लोकतान्त्रिक ब्यवस्थाले सडक बनायो, बालेनले रङ लगाए। लोकतान्त्रिक नेतृत्वले पुल बनायो, बालेनले पुलको छेउमा गमलामा फूल लगाए। संघीय सरकारको बाटो र पुलको सट्टा बालेनको रङ र गमलामा हाम्रो कष्मेटिक आँखाले बालेन सिटी देखिदिन्छ। अहिले बालेनको रङ उडेको छ, फुल सुकेको छ तर संघीय सरकारले बनाएको बाटो र पुल त छँदैछ, कठै पपुलिजम। हाम्रो समाजमा चलन छ बाले जुटाउने, आमाले बाँड्ने, छोराछोरी आमासँग कृतज्ञ हुने। सेलिब्रेटी र पपुलिजमको यो मेहेरो लामो टिक्दैन।

अहिले बालेनहरु, रवीहरु, कुलमानहरु यस्तै सेलिब्रेटी नायक हुन्। कुलमान कुशल प्राबिधिक हुन्, अशल प्रशासक होइनन्। आत्मविश्वासका साथ भन्छु उनी असल होइनन् , समयले लुकेको उघार्नेछ। प्रशासकहरु नियम नीतिमा चल्छन्, निर्णयमा चल्छन्, ब्यवस्थापकीय नेतृत्व दिन्छन्, जान्छन् ,आउँछन्। कुलमानजी पनि त्यस्तै प्रशासकक / कर्मचारी हो, तलवभत्ता खाएको छ, सेवासुविधा पाएको छ, नेतृत्वले जुटाइदिएको बितरण गरेको न छ। अरवौं आर्जन गरेको छ, प्राधिकरणभित्र भ्रष्टाचार बढाएको छ, अपारदर्शिता सिमा बाहिर छ, आफ्ना कर्मचारीलाई पनि सन्तुष्ट राखेको छैन, एउटा पार्टीको दानवीर बनेको छ। के उनी नीति निर्णयमा बस्नु पर्दैन !?

यी मानका समर्पणमा टुकी, मेन्टोल, लाल्टिन, लाइट बोकेर माओवाद हिंड्नु हुँदैनथ्यो। क. प्रचण्ड निस्किसक्नुभो, केहिवात छैन। आफू समेतको पौरखले आर्जित लोकतन्त्रको कर्मले पाएको उज्यालो युगलाई गिज्याउने काम स्यानो स्वार्थका लागि, केपि ओलीको बिरोधका लागि, सहायताको स्रोतका लागि, बुझीकन नबुझे झैं गरेर सडकमा आउनुभएको छ।

बिन्ती छ प्रचण्ड कमरेड ! टुकी बोकाउनु पर्दैन, हामीलाई थाहा छ त यो प्रधानमन्त्री केपिको बिरोधको बहाना हो, केपि प्रति तपाइँको रिस हो, आरिश हो, आक्रोश हो, आवेग हो, त्यो हिजैदेखिको हो, आज पनि हो, भोलि पनि हो। प्रचण्डको यो कर्म वहाँको जिन्दगी बन्ला , जीवन बन्ला तर बहानाले सत्य लुक्दैन, तथ्य छुप्दैन कि कुनै ..मानको प्रतापले उज्यालो नेपाल बनेको होइन, कुनै कुल..को श्रापले टुकीयुग फर्कंदैन, यहि शुभकामना छ।

प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]