जेष्ठ ५, २०८२ आईतबार

विद्युत् प्राधिकरण विवाद : हितेन्द्रदेव शाक्यको रिट दर्ता

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

शाक्यले हिजो बुझाउनुभएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । शाक्यले साढे ३ वर्ष पुरानो मुद्दा टुङ्गो लगाउन माग गर्दै रिट दिनुभएको हो । यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारकाले गैरकानूनी रूपमा हटाएको दाबी गर्दै बुझाउनुभएको रिट दर्ता भएको थियो । घिसिङ र शाक्य दुवैको प्रारम्भिक सुनुवाइ भोलिका लागि तोकिएको छ ।

यसअघि २०७८ साल साउन २५ गते तत्कालीन सरकारले कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि अहिलेसम्म सर्वोच्चले फैसला दिएको छैन ।

प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]