जेष्ठ ५, २०८२ आईतबार

मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीलाई कानुनी प्रशिक्षण

मेचीनगर । झापा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् ।

मेचीनगर नगरपालिकाको न्यायिक समितिले बुधबार र बिहीबार आयोजना गरेको मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई कानुनी प्रक्रियाका बारेमा उनले सचेतना मुलक प्रशिक्षण दिएका हुन् ।

मेचीनगरका १५ वटै वडाका ८१ जना मेलमिलापकर्ता, १५ जना वडाध्यक्ष र १५ जना वडा सचिवहरुलाई न्यायधीश खड्का, प्राकृतिक श्रोत द्वन्द रुपान्तरणकी श्रोत व्यक्ति संगिता थापा र नगरपालिकाका कानुनी सल्लाहकार इन्द्रकमल प्रधानले प्रशिक्षण दिएका थिए ।

यही चैत १३ गते वडा नम्बर १ देखि ८ नम्बर वडाका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई तथा चैत १४ गते वडा नम्बर ९ देखि १५ नम्बर वडाका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको न्यायिक समितिकी अधिकृत छैटौँ इन्दिरा खरेलले बताइन् ।

सचेतना मुलक कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले अध्यक्षतासहित न्यायिक समितिमा आएका मुद्वाहरुको कानुनी प्रक्रियाका विषयमा धारणा राखेकी थिइन् ।

प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]