जेष्ठ ४, २०८२ शनिबार

पत्रकार रजकको शरीरमा गोली भेटिएको भन्ने सूचना गलत : प्रहरी

काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्ने सूचनामा सत्यता नभएको प्रहरीले जनाएको छ ।

तीनकुनेमा भएको घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम नभइसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेसन गराउने व्यक्ति÷संस्थालाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ …१५ चैतमा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ,’ लगायतका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेसन गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने व्यहोरा समेत अनुरोध गरिन्छ ।’

 

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]