जेष्ठ ४, २०८२ शनिबार

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

काठमाडौं, १९ चैत । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सबिन महर्जनको शव आफान्तले बुझेका छन् ।

कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो । यसअघि दोषीलाई कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै शव लिन परिवारले अस्विकार गर्दै आएको थियो ।

तर, आज उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको जनाइएको छ । उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका सहयोगी राजेन्द्र बानियाँले जानकारी दिएका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]