झापा जिल्ला सहकारी संघको अध्यक्षमा दमकका कोइराला सर्वसम्मत
बिर्तामोड । झापा जिल्ला सहकारी संघको नयाँ नेतृत्वका लागि आज भएको उम्मेदवारी दर्तामा एक जनाले मात्र अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् ।
जिल्ला संघले उम्मेद्वारी दर्ताको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावली अनुसार दमकका प्रेम कुमार कोइराला अध्यक्षमा सर्वसम्मत भएका छन् ।
उनी नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा मेचीनगरका दुर्गा प्रसाद सापकोटा, कोषाध्यक्षमा बिर्तामोडका केशव बस्नेत, खुल्ला महिला सदस्यहरु, क्षेत्र नं. १, ३ र ४ लेखा समिति सदस्यहरु सर्वसम्मत भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार २५ गते अन्तिम नामावली प्रकाशन र मतदान २८ गते निर्धारण गरिएको छ ।
उम्मेदवारहरुको प्रारम्भिक विवरण