बैशाख २०, २०८२ शनिबार

भलिबलको उपाधि वडा नंं ७ ले उचाल्यो

फुटबल तर्फ वडा नं. ७ सेमीमा प्रवेश
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपको २०८१को भलिबल तर्फको उपाधि वडा नं. ७ ले उचालेको छ ।
वडा नं. ११ लाई ३–१ ले हराउँदै वडा नं. ७ च्याम्पियन बनेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ११ का रमेश खड्का घोषित भए भने उनले नगद ११ सय प्राप्त गरे ।

त्यस्तै फुटबल खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ७ सेमी फाइनलमा प्रवेश गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ७ सेमी फाइनलमा प्रवेश गरको हो । वडा नं. ७ का तर्फबाट हेमन लिम्बु, अनुज माझी, र युनिस माझीले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं. ७ का आयुष भट्टराई घोषित भए । उनले नगद २ हजार १ सय प्राप्त गरे ।

भलिबल तर्फको विजेता टिमलाई ३५ हजार र उपविजेता टिमलाई २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रतियोगिताको अन्तिम दिन वितरण गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । सोमबार फुटबल तर्फ वडा नं. ८ र ११ बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]