बैशाख २०, २०८२ शनिबार

लोगो बनाउने पालिकामा चौथो बन्यो कचनकवल

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले पालिकाको लोगो तयार गरेको छ । प्रतिष्पर्धाबाट बनाइएको गोलो मेचीनगर २ का रिजालले बनाएका हुन् ।

गाउँपालिकाका अनुसार पाँच वटा लोगोमध्ये रिजालले बनाएको लोगो कार्यपालिकाले छनौट गरेको हो । कार्यपालिकाले छनौट गरेको लोगोलाई सभाले स्वीकृत गर्दै अनावरण गरिसकेको गौरव रिजालले जानकारी दिए । उनका अनुसार लोगो बनाउका लागि १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

लोगोमा होचो भूभागमा रहेको केचना स्तम्भ, स्थानीय समुदाय झल्किने मान्छेको तस्वीर, जंगली हात्ती, कृषि क्षेत्र भएकाले कृषि क्षेत्र र जंगल देखाइएको छ । रिजालले बनाएको पहिलो लोगो पहिलो पटक स्वीकृत भएको जानकारी दिए । यसअघि पनि केहि पालिकाको लोगो बनाएपनि स्वीकृत भएको थिएन ।

यसअघि झापाको कनकाई नगरपालिका, दमक नगरपालिकाल र बुद्धशान्ति गाउँपालिकाले पनि पालिकाको लोगो बनाइसकेका छन् ।

प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]