बैशाख २९, २०८२ सोमबार

झापामा चट्याङको झट्का लागेर एकको मृत्यु

बिर्तामोड । झापामा चट्याङको झट्का लागेर एक जनाको मृत्यू भएको छ । आज विहान पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.३ आरुभोटे स्थायी घर भई झापा गौरादह नगरपालिका वडा न. ५ बालुबथान बस्ने गोमनाथ चेम्जुङको खेतीमा काम गर्ने ५४ वर्षीय दुध कुमार लावतीको मृत्यु भएको हो ।

भान्सा कोठामा खाजा खाने क्रममा पानीसँगै परेको चट्याङको झट्का लागि सोही स्थानमा नै मृत्यु भएको भन्ने खबर इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराइएको थियो ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी अधिकृत सहितको टोलीले मृतकको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]