बैशाख २८, २०८२ आईतबार

दुर्गा प्रसाईलाई रिसिभ गरेर सिधैं भद्रपुर विमानस्थल लगियो

बिर्तामोड । दुर्गा प्रसाईलाई भारतीय सुरक्षा निकायले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । नेपाल प्रहरीले काँकरभिट्टामा जिम्मा लिएर सिधै भद्रपुर विमानस्थल लगेको छ ।

प्रसाईलाई आसाममा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीको समन्वयमा नियन्त्रणमा लिइएका प्रसाईलाई अहिले काँकरभिट्टास्थित मेची पुलमा जिम्मा लिएर काठमाडौं लैजान भद्रपुर लगिएको जानकारी प्राप्त भएको छ ।

गत १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । हिंसात्मक आन्दोलनको नेतृत्व गर्दै उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेको थियो ।

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]