दुर्गा प्रसाईं जिल्ला प्रहरी कार्यालय भद्रपुरमा, विमानस्थल क्षेत्रमा सुरक्षा कडा
बिर्तामोड । भारतबाट पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएका दुर्गा प्रसाईलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर राखिएको छ । भद्रपुरबाट औपचारिक रुपमा पक्राउ गरिएको बताइएको छ ।
सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई भद्रपुर लगेको हो । सीआईबीले जिल्ला प्रहरी पुराएको छ । बुद्ध एयरको जहाज मार्फत काठमाडौं लैजाने तयारी गरिएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
भद्रपर विमानस्थलबाट लैजाने तयारी गरिएसँगै सुरक्षा व्यवस्था कडा गरिएको छ ।
आज बिहान मेची पुलमा भारतीय सुरक्षाकर्मीले उनलाई नेपाली सुरक्षाकर्मीलाई लगाएको थियो ।
गत १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । हिंसात्मक आन्दोलनको नेतृत्व गर्दै उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेको थियो ।