बैशाख २७, २०८२ शनिबार

प्रसाईंसँगै ‘बडीगार्ड’ खड्का पक्राउ

झापा । गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।

उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्कालाई पनि पक्राउ गरिएको छ । आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि संगै छन् ।’

प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार  ११ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]