जेष्ठ १, २०८२ बुधबार

अवैध उत्खनन् गर्ने ट्याक्टरसहित एक चालक नियन्त्रणमा

बिर्तामोड । अवैध रुपमा नदि उत्खनन् गर्ने ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार ०८ः३० बजे घैलाडुब्बा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अर्जुनधारा – ५ बिरीङखोलामा ट्याक्टर प्रबेश गरी अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली त्यहाँ पुगेको थियो । अबैध रुपमा बालुवा उत्खनन् गर्ने मे १ त ६५३३ नं. को ट्याक्टर र चालक अर्जुनधारा ५ का २५ वर्षीय संजीब दनुवारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अर्जुनधारा नगरपालिकालाई बुझाइएको झापा प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]