जेष्ठ १०, २०८२ शुक्रबार

बाह्रदशी जेसीजद्वारा १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण

झापा । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।

अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी सामग्री  प्रदान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरुलाई नगद एक हजार रुपैयाँ सहित स्टेशनरी सामग्री  प्रदान गरेका थिए ।

बाह्रदशी जेसीजले सन २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष  उनीहरको पढाई खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । अभिभावकत्व ग्रहण गरिएका वालवालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्ेवारी लिइने बताइएको छ ।

जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईले समेत दुई जना बालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा  अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् ।

त्यस्तै बाह्रदशी जेसीज सन २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलवारी माविका विद्यार्थी पद्मा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् । एक सदस्य एक अभिभावक भन्ने नारा लिएको जेसीजले शुरु गरेको कार्यक्रम अन्तरगत जेसीजका संस्थापक अध्यक्ष  विगम श्रेष्ठ – डिकप्रसाद आचार्य, पूर्व अध्यक्ष पुष्पलाल धमला – सुहानी खातुन, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती –सविता माझी, निर्वतमान अध्यक्ष खगेन्द्र सुवेदी – आशिका खवासको अभिभावकत्व ग्रहण गरेका हुन् ।
त्यस्तै राजु अधिकारी – अनुज गिरी, विश्वास गौतम – अम्विका सुवेदी, डिककुमार कटुवाल –लुकेश राजवंशी, सदिक्षा खड्का –जशोदा कुर्मी, पुष्प भट्टलाई – सुशील लिम्बू, गोकुल घिमिरे – दामिनी शाह, गोपाल उप्रेती – अस्मिता हस्दा , प्रकाश फुयाल –रिदिमा राजवंशी, नवराज दाहाल – अनिता राजवंशी र नवीन त्रिताल – सृजना सोरेनको अभिभावकत्व ग्रहण गरेका छन् ।

दुई खण्डमा गरिएको कार्यक्रम अन्तरगत भितेपात्रो विमोचन विश्वास गौतमको संयोजकत्वमा भएको थियो । अभिभावकत्व ग्रहण कार्यक्रम राजुअधिकारीको संयोजकत्वमा भएको हो ।

बाह्रदशी जेसीज सन २०२५ का अधयक्ष तीर्थ प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लगाईले वाह्रदशी जेसीजले उत्कृष्ठ र रचनात्मक कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले वालवालिकाको शिक्षा क्षेत्रमा गरिएको लगानीलाई खेर जान नदिन समय समयमा अनुगमन गर्न सुझाव समेत दिए ।

कार्यक्रममा पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल (कुमार), वाह्रदशी गाउँपालिका ४ का वडाध्यक्ष महताव आलम, नेपाल जेसीजका कार्यकारिणी गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राजु अधिकारीले स्वागत गरेको कार्यक्रममा आस्था बाचन विश्वास गौतमले गरेका थिए भने जेसीजको मिसन भिजन गोपाल उप्रेतीले गरेका थिए । कार्यक्रमको संचालन बाह्रदशी जेसीजकी महासचिव सदिक्षा खड्काले गरेकी थिइन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०८२ शुक्रबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]